नगर प्रहरी बलको प्रमुखमा पाण्डे



काठमाडौँ । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कार्यभार सम्हालेका छन् । भदौ २ गतेको निर्णयअनुसार पाण्डेले आइतबार पदबहाली गरेका हुन् । पदबहाली लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई व्रिफिङ् गरेका थिए ।

पाण्डे २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका हुन् । २०७७ सालमा उनको नगर प्रहरी नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा पदोन्नति भएको थियो ।

२०७७ फागुन ४ गते बसेको विशेष नगर सभाबाट पारित भएको ‘काठमाडौं महानगरपालिका कर्मचारी समायोजन ऐन -२०७७’ को व्यवस्थाबाट समायोजन हुने क्रममा उनको पदोन्नति भएको हो । त्यस ऐनबाट महानगरमा कार्यरत १५ सय ५० कर्मचारीहरुको १ तह माथिको पदमा समायोजन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्