सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु



काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ । पूर्वराष्ट्रपति डा रामवरण यादवले बिहीबार आयोजित कार्यक्रममा अभियानको सुरुवात गरेका हुन् । उनले अभियानले मानिसलाई सर्पदंशबाट बचाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

जीव–जनावरका बासस्थान मासिँदै जाँदा मानिसको संसर्गमा आउने गरेको उनको भनाइ छ । उनले नेपालमा वनजङ्गल मासिँदै गएको र यसले जीव–जनवारको बासस्थान पनि खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै जीव–जनावारलाई बचाउन सके जैविक विविधताको संरक्षण हुने बताए ।

“चारकोशे झाडी र चुरे पनि नासिँदै गइरहेको छ”, उनले भने, “त्यहाँ रहेका जीव–जनावरको बासस्थान पनि नासिँदै गएको छ । अनि ती जीव–जनावर मानिसको संसर्गमा आइरहेका छन् ।”

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा. राजीव पाण्डवले नेपालको तराईमा सर्पदंशका बिरामी देखिने गरेको उल्लेख गर्दै अभियानले विशाक्त सर्पको टोकाइमा बच्न सहयोग मिल्ने बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नेपालमा सरकारी, समुदायिक अस्पताल र नेपाल आर्मी गरी ९० वटा सर्पदंशका उपचार केन्द्र रहेको भन्दै अझै अपुग रहेको बताए ।

उनले जनशक्ति, तालिम र उपकरण बढाएर उपचार केन्द्र थप्नुपर्ने बताए । उनले सर्पदंश उन्मूलन गर्न नसकिने र अभियानमार्फत रोकथाम गर्न सकिने बताए । उनकाअनुसार गत वर्ष करिब १० हजार मानिसलाई सर्पले डसेको थियो । तीमध्ये नौ सय २१ जनालाई विशालु सर्प र आठ हजार नौ सय ५२ जनालाई विशालु नभएका सर्पले डस्ने गरेका छन् । नेपालमा करेत र गोमन विशालु जातका सर्प हुन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले सन् २०३० सम्ममा सर्पदंशको रोकथाम र नियन्त्रण गरिने बताए । उनले सर्पदंशबाट तराईका मानिस बढी पीडित रहेको भन्दै जनचेतनामार्फत रोकथाम गर्नुपर्ने धारणा राखे ।

प्रतिष्ठानका डा सञ्जीवकुमार शर्माले सर्पदंशबाट किसान, गाउँघरका गोठ, गाईवस्तु हेर्ने र स्कुल जाने उमेरका बालबालिका बढी पीडित रहेको बताए । उनका अनुसार सर्पदंशबाट ८० प्रतिशत मानिस अस्पताल नपुगी घर वा बाटोमा नै मृत्यु हुने गरेका छन् । तीमध्ये तीन चौथाइ महिला र बालबालिका मृत्यु हुने गरेका छन् ।

कुल सर्पदंशमध्ये नेपालमा ७.६ प्रतिशत मानिसको मृत्यु हुने गरेको उनको भनाइ छ । उनले गाउँघरमा सर्पदंशबाट शिक्षा र जनचेतना जगाउन सके रोकथाम गर्न सकिने बताए ।

रोटरी क्लब काठमाडौँ मिड–टाउनका अध्यक्ष डा निर्मल रिजालले तराईको विभिन्न स्थानमा सर्पडसाइले हरेक वर्ष अकालमा ज्यान जाने गरेको र त्यसबाट बचाउनका लागि अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानका क्रममा थारू, अवधि, भोजपुरी र मैथली भाषामा सर्पदंशबाट जानकारी गराइने छ ।

उनले सर्पदंशबाट बच्नका लागि ग्रामीण भेगका मानिसले जुत्ता लगाएर तथा टर्च बालेर नहिँड्ने तथा राति सुत्दा झुलको प्रयोग नगर्ने गरेकाले यिनै विषयहरुलाई अभियानका क्रममा सिकाइने बताए । रोटरी क्लबका पूर्वअध्यक्ष सरोज श्रेष्ठले सर्पले टोकेपछि सर्पको पहिचान कसरी गर्ने भन्ने बारेमा पनि मानिसहरु अनभिज्ञ रहेकाले धेरैको अकालमा ज्यान जाने गरेको भन्दै सर्प कसरी चिन्ने भन्ने बारेमा पनि अभियानमा सिकाइने बताए ।

“सर्पले टोक्यो कि अरु केहीले टोकेको हो तथा सर्पको डसाइ कस्तो हुन्छ भनेर ग्रामीण भेगमा सर्पले टोकेपछि धामी–झाँक्रीजस्ता माध्यमबाट विष निकाल्न सकिन्छ भन्ने प्रचलन रहेको छ”, उनले भने, “त्यसले गर्दा मानिसको मृत्यु हुने गरेको पाइन्छ । यस्ता व्यक्तिलाई चाँडोभन्दा चाँडो ‘एन्टिस्नेकभेनम’ औषधि प्रयोग गरेर ज्यान बचाउन सकिन्छ ।”

उनले धेरै पनि व्यक्तिलाई धामी–झाँक्रीमा नगई अस्पतालमा जानु पर्दछ र एन्टिस्नेकभेनम औषधि प्रयोग गर्नुपर्दछ भन्ने जानकारी नभएको समेत बताए ।

उनले भने, “मानिसलाई जनचेतना जगाइ सर्पदंशबाट बचाउन आवश्यक रहेको छ । त्यसैले अभियानमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दछौँ ।”

ग्रामीण भेगमा स्थानीय पाँच भाषामा के कारणले सर्पको डसाइ हुन्छ र सर्पको डसाइबाट बच्नका लागि के गर्नुपर्दछ, सर्पले डसेपछि उपचारका लागि कहाँ–कहाँ जानुपर्दछ र क–कसलाई सम्पर्क गर्नुपर्दछ भनेर अभियानका बेला रेडियो, टेलिभिजन र सामाजिक सञ्जालबाट जनचेतना जगाइने छ । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र रोटरी क्लबको आयोजनामा चार वर्ष २५ जिल्लामा सर्पदंशबाट बच्नका लागि अभियान सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेका तीन हजार सात सय ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा

काभ्रे । काभ्रेको रोशी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका तीन हजार सात सय ज्येष्ठ

सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

वासुदेव पौडेल, गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य

कर्णालीमा ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली । कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको