संसदीय समितिको बैठकमा प्रधानसेनापतिको खोजी



काठमाडौं । संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी गराउनुपर्ने बताएको छ ।

बिहीबार बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिको मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनेले झनै यसमा सशंकित बनाएको निष्कर्ष निकालेको हो ।

बैठकमा समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति किन नआउनुभएको भन्दै प्रश्न गरिन् ।

उनले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्न समिति सचिवलाई निर्देशन दिइन् । सभापति जैरुले एसपीपी सम्झौता सम्बन्धी दस्ताबेज समितिले अध्ययनका लागि मागेको भन्दै समितिलाई अध्ययनका लागि उपलब्ध गराउन निर्देशन दिइन् ।

उनले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएको बारे सरकारले जानकारी गराउनुपर्ने माग गरिन् । उनले व्यक्तिहरु उपस्थित नहुनुले समितिको अधिकार क्षेत्र नै कमजोर पारिएको भान समितिलाई भएको बताइन् ।

दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति समितिले आजको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रधानसेनापतिलगायतलाई बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०