श्रमिक अस्पताल निर्माणका लागि २० अर्ब लाग्ने



काठमाडौं । श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले अस्पताल निर्माणका लागि २० अर्ब लागत लाग्ने सुझाव दिएको छ। अस्पतालका लागि तत्काल १० बिघा जग्गा र दीर्घकालका लागि २५ बिघा जग्गा आवश्यक पर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

आइतबार श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई बुझाइएको प्रतिवेदनमा १३ वटा सुझाव उल्लेख छ।

प्रतिवेदनमा,’५ सयदेखि १ हजार बेड भएको अस्पताल निर्माणका लागि १० बिघा जग्गा आवश्यक पर्ने भएपनि दीर्घकालिनसम्मको लागि २५ बिघासम्म जग्गा उपयुक्त हुने कार्यदलको ठहर छ । तर, जग्गाकै कारण निमार्ण कार्य रोक्न नहुने र अहिलेलाई ५ बिगाह जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निमार्ण कार्य सुरु गर्नु पर्ने कार्यदलले सुझाबमा पेश गरेको छ ’ भनिएको छ।

चाँडै अस्पताल निर्माण कार्य अगाडि बढाउनु उपयुक्त हुने कार्यदलका संयोजक एंव श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेले बताए। २०७८ फागुन ५ को मन्त्रिपरिषद् बैठकले श्रमिक अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो।

कार्यान्वयन प्रक्रिया अगाडि कसरी बढाउने भन्नेबारेमा श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ

‘एसियन हाइवे’ निर्माणले गति लिँदै

बेलबारी(मोरङ)। सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’

विपिन जोशीको रिहाइका लागि हमासका प्रतिनिधिसँग कुरा राख्ने इरानी विदेशमन्त्रीको वाचा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको

क्यान्सरको रोकथाम र प्रारम्भिक पहिचान गर्ने सरकारको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचपिभी खोप अभियानबाट कुनै पनि किशोरीलाई