सर्वोच्चद्वारा एआईजी विश्वराज पोखरेलको रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट खारेज गरेको छ । सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले शुक्रबार धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गर्दै पोखरेलको रिट खारेज गरेको हो ।
आईजीपीमा सरकारले आफूभन्दा जुनियर सिंहलाई नियुक्त गरेको भन्दै एआईजी पोखरेल रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । पोखरेल डिआईजीबाट एआईजी हुँदा उनको नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।