प्रधानसेनापति शर्माद्वारा राष्ट्रसंघको मुख्यालय भ्रमण



काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेका थिए । भेटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरुका बारेमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्माले सैन्य मामिला कार्यालय (ओएमए) का सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति परिचालन विभाग (डीपीओ) का उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, परिचालन सहयोग विभाग (डीओएस) का उपमहासचिव अतुल खरे र राजनीतिक र शान्ति निर्माण मामिला विभाग (डीपीपीए) का उपमहासचिव रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका हुन् ।

चार असारमा लेबनान भ्रमणमा निस्किएका प्रधानसेनापति शर्माले ८ गतेदेखि सिरिया भ्रमण गरेका थिए । १३ असारदेखि अमेरिका भ्रमणमा रहेका उनी १९ गते स्वदेश फर्किने कार्यक्रम छ । भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसन हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने सेनाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०