बालबालिकाका लागि कोरोनाविरूद्धको फाइजरको २२ लाख डोज खोप आइपुग्यो, ९ गतेदेखि लगाइने



काठमाडौं । पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिडविरुद्धको २२ लाख डोज फाइजर खोप नेपाल आइपुगेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा २२ लाख डोज खोप आइतबार नेपाललाई ल्याइएको हो ।

पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई यही असार ९ गतेदेखि खोप दिइँदैछ । खोप आइपुगेपछि नेपालस्थित अमेरिकी दूतावासले कोभिड–१९ महामारीको अन्त्यका लागि नेपालसँग निरन्तर काम गरिरहेको जनाएको छ ।

दूतावासले भनेको छ,‘अमेरिकी जनताको सहयोगमा बालबालिकाका लागि प्रयोग हुने २२ लाख डोज कोभिड–१९ खोप आज नेपाल आइपुगेको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं,’ कोभिड–१९ महामारीको अन्त्यका लागि हामी नेपालसँग निरन्तर काम गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदन राईलाई साढे २ वर्ष कैद सजाय

खोटाङ । बालयौन दुरुपयोगको अभियोगमा मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणका दुई आरोपी धरौटीमा रिहा, एकजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय

  काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा पोखरामा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले