शिक्षा क्षेत्रका विज्ञहरूकाे उपस्थितिमा जनकपुरमा सम्पन्न भयाे विशेष तालीम



जनकपुरधाम, एसीसीए नेपाल र एनसिए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा गत २०७९ जेष्ठ २८ गते (जुन ११, २०२२) शनिबार जनकपुर स्थित होटल सीताशरणमा मधेश प्रदेशका धनुषा, सिराहा, सप्तरी, सर्लाहि, महोत्तरी र सिन्धुली गरी ६ जिल्लाका ११ र १२ कक्षामा तथा वी.वी.ए तथा वी.वी.एसमा लेखाशास्त्र विषय अध्यापन गराउने ४६ वटा कलेजका शिक्षक/शिक्षिकाहरुलाई हाल परिवर्तित पाठ्यक्रममा समावेश गरिएको केहि नयाँ पाठ्यसामाग्रीलाई समेत मध्यनजर गरी सर्टिफिकेट इन इन्टर्नेशनल फाइनान्सियल रिपाेर्टिङ्ग स्टाण्डर्ड सम्वन्धी एक दिने तालिम भब्यता पूर्वक सम्पन्न गरिएकाे छ । उक्त कार्यक्रमको उद्घाटन शत्रमा आयोजक एसीसीए नेपाल तथा एनसीए कलेजका तर्फबाट एसीए कलेजका अध्यक्ष श्री सुरेश पण्डितले उपस्थित विशिष्ट अतिथिहरु एवं तालिममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य र महत्व माथि प्रकाश पार्नु भएकाे थियाे ।


कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेल, राजशी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. शैलेन्द्र नारायण मल्लिक, रजिष्ट्रार प्रो. जुगेश्वर झाले संयुक्तरुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमलाई सम्वोधन गर्नुभएको थियो । यसै गरि राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख श्री प्रकाश राज काफ्ले, पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्य (सिनेटर) तथा हिमालयन हव्वाईट हाउस इन्टरनेशनल कलेज पुतलीसडकका प्रिन्सीपल प्राध्यापक तोया नारायण पौड्याल, शिक्षाविद तथा मोडेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री विरेन्द्र कुमार साह र जनपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख श्री मेहीलाल यादवले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा धनुषा जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरुको पनि उपस्थिति थियो ।


उक्त कार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलले नेपालको सन्दर्भमा इन्टर्नेशनल फाइनान्सियल रिपाेर्टिङ्ग स्टाण्डर्डको महत्वको वारेमा विस्तृत रुपमा प्रकाश पार्नु भयो । त्यस्तै गरि राजर्शी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. शैलेन्द्र नारायण मल्लिकले एसीसीएको विश्वब्यापी लोकप्रियताको बारेमो उल्लेख गर्दै यसका बारेमा शिक्षा क्षेत्रमा कार्यरत सबैले जानकारी लिनु पर्ने सुझाव दिनु भयो । राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख श्री प्रकाश राज काफ्लेले राष्ट्रिय परीक्षा बोर्डले हाल सालै कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतन गरेको परिप्रेक्ष्यमा यो तालिम अत्यन्तै सान्दर्भिक र उपयोगी रहेको बताउनुभयो ।

एनसीए कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्ष देखि निरन्तर रुपमा गुणस्तरिय एसीसीए व्यवसायिक शिक्षा प्रदान गर्दै आएको छ भने सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डले अप्रुभ्ल लर्निङ्ग पार्टनरको मान्यतादिएको छ । शिक्षा मन्त्रालयबाट एसीसीए तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो गाेल्ड स्टाटस कलेज हो भने एसीसीए बेलायतको द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डद्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।
उक्त एक दिने तालीमको पहिलो शत्रमा कलेजका प्रतिनिधि जगदिस भट्टराई र दोश्रो शत्रमा कर्ण थापाले प्रशिक्षण दिनु भएको थियो भने एसीसीएका बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी दिनु भएको थियो । कार्यक्रमको अन्तमा राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुखले सहभागीहरुलाई प्रमाण–पत्र वितरण गर्नु भएको थियो । कार्यक्रम जनता टेलिभिजनमा शिक्षाका कुरा कार्यक्रमका निमार्ता एवं प्रस्तोता तथा शिक्षाविद श्री नारायण आचार्यले सञ्चालन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

मध्यविन्दु (नवलपरासी) । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक

जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

दमौली(तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको