अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन भेटघाटमा व्यस्त



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनबीच भेटवार्ता भएको छ । शुक्रबार सैनिक मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेका फ्लिनलाई जङ्गी अड्डामा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरणसमेत गरिएको जङ्गी अड्डाले जनाएको छ ।

मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीहरुको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सद्भाव बढाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भारत हुँदै बिहीबार नेपाल भ्रमणमा आएका फ्लिनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो।

त्यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनले भेटवार्ता गरेका थिए । भारत हुँदै बिहीबार काठमाडौं आएका फ्लिनले शुक्रबार दिउँसो प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको थियो । जनरल फ्लिनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल बसाइका क्रममा अमेरिकी जनरल फ्लिनले प्रधानसेनापति शर्मासँग द्विपक्षीय हितका बारेमा छलफल गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा

जिसस म्याग्दीका प्रमुख पक्राउ

म्याग्दी । सहकारीको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा

बौधीमाई नगरपालिकाका मेयरद्वारा प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण