इम्बोस्ड नम्बर जडान रहर होइन बाध्यताः यातायात व्यवस्था विभाग



काठमाडौँ । यातायात व्यवस्था विभागले साउन एक गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय गौरवका आयोजना: अपेक्षित प्रगतिको प्रतीक्षा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत ८ वटा राष्ट्रिय गौरवका आयोजना

ताप्लेजुङको फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका

बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो

झापा । झापाको मेचीनगर नगरपालिका–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्