पारदर्शी ढङ्गबाट कार्य सम्पादन भए नभएको अनुगमन गर्न प्रहरी प्रधान कार्यालयद्वारा आठ टोली परिचालन



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनमा विनियोजित बजेट नियमानुसार कार्यक्रम सञ्चालन भए÷नभएको बारे सुक्ष्म र वस्तुनिष्ठ अनुगमन तथा मूल्याङ्कन गर्न आठ अनुगमन टोलीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनले विनियोजित बजेटमा तोकिएको मापदण्ड अनुरूप कार्यक्रम सञ्चालन भए, नभएकोबारे प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।

आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे/नराखेको लगायतका विविध आर्थिक विषयमा अनुगमन गरी प्रतिबेदन ल्याउन महानिरीक्षक सिंहले निर्देशन दिए ।

टोलीलाई स्थानीय तह निर्वाचन, २०७९ मा बजेट सञ्चालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवं पारदर्शी ढङ्गबाट सम्पादन भएको नभएकोबारे अनुगमन गर्ने जिम्मेवारी छ ।

यस्तै म्यादी प्रहरी नियुक्ति तथा सुविधा, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो ।

प्रहरी प्रधान कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालय तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयमा खटिइ जान लागेका प्रहरी अधिकृत सहितका आठै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनालाई अघि बढाउने

झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँके जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका

समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिइयोस्, म पूरा गर्छुः वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि

राष्ट्रियसभाका सांसद भट्ट बैठक चलिरहेका बेला एक्कासी बिरामी परेपछि..

  काठमाडौँ । राष्ट्रियसभा सदस्य नारायणदत्त भट्ट सभा सञ्चलान भइरहेका बेला अस्वस्थ भएका