प्रधानसेनापति शर्मा अमेरिका, लेबनान र सिरिया भ्रमणमा जाँदै



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भएका छन् ।

उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको दौरान प्रधानसेनापति शर्मा लगायतको भ्रमण टोलीले उक्त मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नेछन् ।

निरीक्षण भ्रमणबाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनाको साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ देखि १७ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँके जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण