निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन



काठमाडौं । ‘स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शनिबार भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

गोष्ठीमा भर्चुअल रुपमा प्रदेशगत प्रस्तुतीकरण गरिएको थियो । प्रदेशगत प्रस्तुति सुनेपछि गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध प्राप्त स्रोतसाधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिएका थिए ।

गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै मन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न आग्रह गरेका छन् । स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ ।

उनले सीमित स्रोतसाधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंशायोग्य रहेको पनि बताए ।

गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्यय भएकाले त्यसै अनुरुप काम गर्न निर्देशन दिए । सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीले सीमित स्रोतसाधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्ष मन्त्रालयले राखेको गृह सचिव पाण्डेले बताए ।

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायतको सहभागिता थियो ।

बैठकमा भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेशका सुरक्षा निकायका प्रमुख सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनवरीमा भारतबाट भित्रिए २० हजार पयर्टक, चीनबाट आठ हजार

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल

पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

काठमाडौं । सरकारसँग २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति

सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई

सरकारले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनालाई अघि बढाउने

झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी