वैशाख २२ गतेदेखि क्याम्पस विदा दिने त्रिविको निर्णय



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा अर्थात् सेमेस्टर सकिएपछि बिदा दिइने क्याम्पसहरुको हकमा सम्बन्धित अध्ययन संस्थानबाट नै बिदाबारे निर्णय गर्न सक्ने जनाएको छ ।

अरु क्याम्पस, विभाग र स्कुलहरुको हकमा भने वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन वर्षे बिदा दिने निर्णय गरेको विश्वविद्यालयले सूचनामार्फत जानकारी दिएको छ । यो समयमा विद्यार्थीहरुको परीक्षा चलिरहेको भए परीक्षा यथावत् नै रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुनको उज्यालोमा मकै सुकाउने पर्व मनाइयो

गोरखा । गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत

मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

दमौली(तनहुँ) । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको

हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष

आजदेखि काठमाडौँमा एपिएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी)