विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस जेनेभा प्रस्थान



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीनदिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरेका छन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । महानिर्देशक नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा उद्धारपछि फर्किए नेपाल

काठमाडौं । दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा

खोकनाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने

काठमाडौँ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार चितुवाको