भौतिक उपस्थितिमा एसइई सुरु



काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ इसइई सुरु भएको हो । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन भएको हो ।

परीक्षाका लागि देशभर दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा यस वर्ष ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ जना गरी कूल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारकातर्फका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएका छन् । परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएका छन् । एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला

उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

जनवरीमा भारतबाट भित्रिए २० हजार पयर्टक, चीनबाट आठ हजार

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल