प्रहरीको नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु



काठमाडौं । नेपाल प्रहरीमा तल्लो तहका प्रहरीको लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न नयाँ सिर्जना गरिएका पदमा बढुवा प्रक्रिया सुरु भएको छ । नेपाल प्रहरी स्थापना भएदेखि नै तल्लो तहमा लामो समयसम्म बढुवा हुन नसक्ने समस्या समाधान गर्न तीन पद सिर्जना गरिएको थियो ।

प्रहरी नियमावली, २०७१ लाई नवौँ संशोधन गरी जवान र हबल्दारको बीचमा प्रहरी सहायक हबल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको छ ।

सरकारले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । सोहीअनुसार पहिलो चरणमा बिहीबार मात्रै बढुवा सिफारिस भएको हो ।

गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका उपसचिव गणेश गैरेका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा हुनेछ ।

उनका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हबल्दारमा १५ हजार २५३ जना बढुवा हुनेछन् । यीमध्ये पहिलो चरणमा प्रहरी वरिष्ठ नायब निरीक्षकमा १९१, प्रहरी वरिष्ठ हबल्दारमा एक हजार १७३ तथा प्रहरी सहायक हबल्दारमा एक हजार ७५२ जना बढुवा सिफारिस भएका छन् ।

गृहमन्त्री खाँणले लामो समयसम्म वृत्तिविकास हुन नसकेका तल्लो तहका प्रहरीलाई काममा हौसला बढाउन उक्त निर्णय गरी कार्यान्वयनमा लगिएको जानकारी दिनुभयो । “लामो समयदेखि तल्लो तहका प्रहरीको बढुवा हुन सकिरहेको थिएन, उनीहरूको बढुवा गरेर वृत्तिविकास गर्न पद थप्ने निर्णय गरेका हौँ, यसमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको ठूलो हात छ”, गृहमन्त्री खाँणले भने । नियमावलीमा व्यवस्था भएअनुसार ज्येष्ठताका आधारमा बढुवा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला

उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा