लोकसेवाले माग्यो ठूलो संख्यामा स्टाफ नर्स



काठमाडौं । लोकसेवा आयोगले तीन सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार आयोगले बुधवार विज्ञापन आह्वान गरेको हो ।

स्टाफ नर्सका लागि खुलामा मात्रै १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगता भएकामा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ । आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार

बर्दगोरियामा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ ।

तीस किलोको खुकुरी !, मूल्य १ लाख ११ हजार रुपैयाँ

पाल्पा ।  एउटै खुकुरीको मूल्य १ लाख ११ हजार रुपैयाँ भन्दा पत्यार नलाग्न

पर्वतमा निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप

पर्वत।  पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन