एक लाख म्यादी प्रहरीका लागि खुल्यो भर्ना



काठमाडौं । प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गरी ४० दिनका लागि म्यादी प्रहरी भर्ना खुलाएको हो ।

म्यादी प्रहरीका लागि चैत ६ देखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यसका लागि कु्नै नैतिक पतन नदेखिएको र फौजदारी अभियोग नलागेको हुनुपर्नेछ ।

१८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्नेछन् । प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड भएकाहरुलाई भर्ना हुनका लागि योग्य मानिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन

  गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध

टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा

कञ्चनपुरमा पाटेबाघ मृत फेला

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ स्थित किसान मध्यवर्ती सामुदायिक वनमा आइतबार पाटेबाघ मृत फेला

उमागौरी कृषि सहकारीका अध्यक्ष रौनियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

विराटनगर । जिल्ला अदालत मोरङले उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका