माओवादी ‘जनयुद्ध’लाई उजागर गर्ने प्रकाश सपुतको ‘पीर’



काठमाडौं । माओवादीको दश वर्षे ‘जनयुद्ध’को बलमा मुलुकमा गणतन्त्र आयो । संविधानसभाबाट संविधान जारी पनि भयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले पनि मुलुकको राजनीति माओवादीकै निर्देशनमा चलेको छ भन्दै अभिव्यक्ति दिँदै हिँडेका छन् ।

तर माओवादी र त्यसमापनि अध्यक्ष प्रचण्ड सत्ता राजनीतिको खेलमा लाग्दा तिनै ‘जनयुद्ध’ लडेका सयौं लडाकूको अवस्था कस्तो छ भन्ने कुरा पनि सोचेनन् । जनयुद्ध लडेका त्यस्ता लडाकूको अवस्था दयनीय छ । उनीहरुको बारेमा न माओवादीले सोच्यो न त राज्यले नै । यसै विषयलाई उजागर गर्दै गायक प्रकाश सपुतले ‘पीर’ नामको म्यूजिक भिडियो ल्याएका छन् ।

१६ मिनेटको म्यूजिक भिडियोमा प्रकाश सपुत माओवादीका पूर्वलडाकूको भूमिकामा छन् । उनले अहिले मासु पसल खोलेका हुन्छन् । मासु बेचेर लेनिनको पुस्तक ’राज्य र क्रान्ति’ किनेर अध्ययन गरिरहेका हुन्छन् । प्रकाशको र उनको पत्नी ऊर्जाको दैनिकीबाट सुरु हुन्छ कथा– ‘पीर’ तर उनको यसबाट गुजारा चल्दैन । त्यसपछि उनकी श्रीमतीले उनलाई विदेश जान आग्रह गर्छिन् ।

तर उनी विदेश नजाने अडान लिन्छन् । किनकी उनी भोकै मर्नु परेपनि यही देशमा मर्छु भन्छन् । त्यसपछि श्रीमतीले भोकै मार्छौ हाम्लाई ? भन्दै प्रश्न गर्छिन् । हाम्लाई छैन देशको माया भन्दै शरीरमा गोली लागेको घाउ देखाउँछिन् र आफू विदेश जाने बताउँछिन् । त्यसपछि उनी विदेश जान्छिन् । विदेश जान त्रिभुवन विमानस्थलमा छोरीसँग विदाइ हुँदाको दृष्य हृदयविदारक छ ।

अनि विदेश गएर उनी बन्धक बनेको र उद्दार गर्न आग्रह गरेको दृष्य मानिसको मुटु भतभत पोल्ने खालको छ । गीतमा माओवादी जनयुद्ध लडेकाहरुको अवस्था कस्तो छ भन्ने प्रष्ट अनुभूति गर्न सकिन्छ । यो म्यूजिक भिडियो हेरेपछि माओवादीले विगतका गल्ती सच्याला कि गीत बन्द गराउनेतर्फ लाग्ला ? त्यो भने केही समयपछि पक्कै थाहा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने इच्छा छः सभापति देउवा

काभ्रे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश

बहुमत नभएको अवस्थामा लोकप्रिय मत बढी ल्याउनेले सरकार गठन गर्ने व्यवस्था हुनुपर्छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि दोस्रो र

५२ करोडको लागतमा मोहना र खुटिया नदीमा तटबन्ध निर्माण

गोदावरी। मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली

साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त

काभ्रे । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार