२६ देशका सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण



काठमाडौं । सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो ।

टोलीमा भारत, चीन, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिकाका आवासीय सैनिक सहचारी सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

बङ्गलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्डका गैरआवासीय सैनिक सहचारी पनि भ्रमण दलमा सहभागी थिए ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित बढाइँ विशेष समारोहमा सहभागिता रहेको उक्त टोलीले लुम्बिनी र पोखराको समेत अवलोकन भ्रमण गर्ने छ ।

सैनिक सहचारीको भ्रमणले नेपाल र ती मुलुकबीच सैनिक कूटनीतिमार्फत सम्बन्ध अझ सुमधुर तुल्याउन योगदान पुग्ने सेनाले विश्वास लिएको छ । सैनिक मुख्यालयको भ्रमणका क्रममा टोलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भ्रमण दलले भेट गरेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीद्वारा विराटनगरमा एक व्यक्तिको साथबाट ३८ वटा मानव खप्पर बरामद

विराटनगर । विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित सशस्त्र प्रहरीले एकजनालाई

सरकारले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी परियोजनालाई अघि बढाउने

झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणसम्बन्धी

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँके जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका