खोपमा सबैको पहुँच पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान



काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले अहिलेको महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउन र त्यसलाई सस्तो बनाउन सुदृढ प्रयासका निम्ति अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्च–स्तरीय बहसलाई शनिबार सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताए ।

निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्रीले जोड दिए । कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताए ।

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उनले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताए । उनले नेपाललाई खोप उपलब्ध गराउने उदार सहयोगका लागि छिमेकी र अन्य मित्रराष्ट्र, विकास साझेदार र गाभी कोभ्याक्सप्रति आभार व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गरेका हुन् । कार्यक्रममा १२० भन्दा बढी देशका नेताले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खानेपानीमन्त्रीको कार्यकक्षमा भएको आगलागीबाट ५० लाख बराबरको क्षति

काठमाडौँ । खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ

जनार्दन शर्मालाई १२ प्रश्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु(नवलपरासी) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग