ग्राण्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान



काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् ।

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका छन् ।

कुँवरले गोँगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खानेपानीमन्त्रीको कार्यकक्षमा भएको आगलागीबाट ५० लाख बराबरको क्षति

काठमाडौँ । खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु(नवलपरासी) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग

क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र