२३ भाषा सङ्कटापन्न अवस्थामा



काठमाडौं । एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषा संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । अन्तर्राष्ट्रिय मातृ भाषा दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आयोजना गरेको ‘मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचार गोष्ठी’ मा ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको जानकारी गराइएको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोगका अध्यक्ष डा लवदेव अवस्थीले विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा वृत्ति दिएर ती भाषा संरक्षणका काम सुरु गरेको बताए । सो अवसरमा डा बालकृष्ण बलले भाषा अनुवादको यान्त्रिक प्रक्रिया, डा सोमबहादुर धितालले ‘धिमाल भाषा र संस्कृतिको सम्बन्ध’ एवं सुलोचना मानन्धरले ‘नेपालका विभिन्न मातृभाषामा प्रचलित लोककथा, जनजीवन तथा वातावरणबीचको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गर्दै मातृभाषा संरक्षणमा अझै धेरै काम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले इन्द्रेणीमय विविधता बोकेको समाजमा सबै मातृभाषाको संरक्षण गर्न सहयोग पुगोस् भनी कार्यक्रम आयोजना गरिएको बताए । इतिहासमा विविधततालाई नचिन्दा द्वन्द्व भएको सुनाउँदै उनले अब त्यस्तो हुन नदिन यस्ता कार्यक्रमले योगदान गर्ने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधानमा व्यवस्था भएअनुसार मातृभाषामा शिक्षा दिन सबै खाले पूर्वाधार एवं जनशक्तिको व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा उनले जोड दिए । प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषामा शिक्षा दिन विभिन्न विश्वविद्यालय एवं सरोकार भएका निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएकाले त्यसो हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा युनेस्कोका प्रतिनिधि निर्जना शर्मा, बङ्गलादेशी राजदूतावासका प्रतिनिधि इसरत जहाँ, प्रतिष्ठानका प्राज्ञ योगेन्द्रप्रसाद यादवलगायतले मातृभाषाको संरक्षणका लागि सरोकार भएका निकायसँगको समन्वयमा निरन्तर सहकार्य हुने प्रतिबद्धता जनाएका थिए । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको

दिक्तेल-खानीडाँडा-आहाले सडकः ६ वर्षपछि कालोपत्र सुरु

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ

भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको