पोखरा विश्वविद्यालयका ११ हजार विद्यार्थी दीक्षित



पोखरा । पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि विसं २०७८ फागुन १ गतेसम्म शैक्षिक कार्यक्रममा उत्तीर्ण ती विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ ।

दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन , विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ४९४, स्नातकतहमा दुई हजार ५२१ र स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा ८४ र स्नातकतहमा एक हजार १४ जना छन् ।

यसैगरी मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गतको एमफिल तहमा ९७ , स्नातकोत्तरतहमा ९३ र स्नातकतहमा ५७ तथा व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा एक हजार ६९६ र स्नातकतहमा पाँच हजार २०५ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दीक्षान्तमा विभिन्न विधाका ९३१ विद्यार्थी ‘डीन लिष्ट’मा पर्न सफल भएका छन् ।

तीमध्ये व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा २१९ र स्नातकतहमा ३९०, स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा १८ र स्नातकतहमा ९५, विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ५७ र स्नातकतहमा १३६, मानविकी तथा सामाजिकशास्त्र सङ्कायको एमफिलतहमा पाँच, स्नातकोत्तरतहमा छ र स्नातकतहमा पाँच विद्यार्थी छन् ।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने तीन जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने आठ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने १६ विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो ।

यसैगरी ‘कम्प्यूटर एप्लिकेशन’ स्नातकतहमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने तीन विद्यार्थीलाई ‘ओसिइएम गोल्ड’ मेडलबाट विभूषित गरिएको सूचना अधिकृत ढकालले जानकारी दिए । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन ।

समारोहमा शिक्षाविद् एवं काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यसँगै सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि निकै धनी रहेको उल्लेख गरे । उनले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वान्को प्रचुरता रहेको, राम्रा विद्यापीठ रहेको तथा जलविद्युत् उत्पादनमा पनि अग्रणी रहेको बताए ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमलाई विस्तार गर्दै लैजाने जानकारी दिए । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उनले भने, “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवा विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबुत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

बाँके । बाँके जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा