वरिष्ठ साहित्यकार ताना शर्माको निधन



काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा मंगलबार मस्तिष्काघातबाट निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनी ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।

डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनी पाठ्यपुस्तक लेखक पनि थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । शर्माको अन्त्येष्टि आजै  पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुकुटी बेचेर मासिक दुई लाख आर्जन

मोरङ । मोरङको बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, बोटबाटै उत्पादन बिक्री गर्न बाध्य किसान

पर्वत । पर्वतका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र

महसुल नबुझाउने ६ सय ग्राहकको लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत लाइन काटिने भएको

दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा मोरङमा तीन जनाको मृत्यु

विराटनगर । मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ ।