नेपाली सेनाद्वारा ‘बंकर टु ब्यारेक’ र भिजन २०३० को स्थलगत ब्रिफिङ



काठमाडौं । नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भिजन २०३० र बंकर टु ब्यारेकका बिषयमा प्रस्तुतीकरणपछि सहभागीहरुलाई ओखलढुङ्गा, खोटाङ र रामेछाप जिल्लामा रहेका ब्यारेकहरुको स्थलगत अवलोकन गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यसक्रममा योजना आयोगका उपाध्यक्ष पौडेलले भने,‘विसं २०५८ देखि २०६२ को बीचमा नेपाली सेनाको संख्या लगभग ४० हजारबाट बढेर लगभग ९० हजार पुग्यो। ति मध्ये धेरै सैनिक जवानहरु आर्थिक रुपले साधारण घरपरिवारका सदस्य हुन् । उनीहरु बस्ने बंकरहरु मध्य कतिपय अझै जिर्ण र अस्वस्थकर अवस्थामा छन। ति वंकरहरुलाई वस्न योग्य घरहरु भएको ब्यारेकमा परिवर्तन गर्न, साधारण जवानहरुलाई डिस्टान्स लर्निङ लगायतका विभिन्न शिक्षा हासिल गर्ने मौका दिलाउन सरकार प्रतिवद्ध छ।’

नेपाली सेनाले द्वन्द्वकालमा सुरक्षाका लागि बनाएका बंकरहरु पछि गएर सेनाको जोखिमपूर्ण बासस्थानमा परिणत भएका थिए । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले २०६७ सालमा देशभर रहेका सैनिक ब्यारेकको निरीक्षणपछि बंकर विस्थापित गर्न निर्देशन दिएको थियो । बंकरमा बस्नु पर्ने बाध्यताका कारण वर्षामा बाढी, पहिरो, गर्मीमा सर्प र लामखुट्टेको टोकाइको जोखिम रहेको समितिको निष्कर्ष थियो ।

वासस्थानको भरपर्दो व्यवस्था नहुँदा सैनिक अधिकृतको मनोबल पनि खस्किने समितिको भनाइ थियो । बंकर विस्थापित गर्न आर्थिक वर्ष २०६६/६७ बाट १० वर्षे परियोजना अनुसार काम भइरहेको छ । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बंकर टु ब्यारेक कार्यक्रम अझै पुरा हुन केही समय लाग्ने बताए । उनका अनुसार कुनै वर्ष बजेट अभाव, महाभूकम्प र महामारी जस्ता व्यवधानका कारण यो कार्यक्रममा समयमै पुरा हुन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०