नागरिकको जीवनरक्षा गर्न सबै उपाय अवलम्बन गरेका छौंः स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप अभियानले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने निकै ठूलो जोखिमलाई कम गर्न सकिएको बताएका छन् ।

खोप अभियान सञ्चालन एक वर्ष पुगेको अवसरमा शुक्रबार सबैलाई धन्यवाद दिँदै उनले भने, “हामी सबैको प्रयासले ठूला सम्भावित जोखिमहरूलाई कम गर्दै हामी पुस्ताको यो सबैभन्दा चुनौतीपूर्ण महामारीबाट बाहिर आउन सबैको सहयोग अपरिहार्य रह्यो ।” गतवर्ष आजकै दिनदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।

“नेपाल खोप उत्पादक देशहरूभन्दा पछि खोप अभियान सुरुआत गर्ने विश्वका सीमित देशमा सबैभन्दा अगाडि रहेको थियो”, उनले भनेका छन् । नेपालमा कोभिसिल्ड, अस्ट्राजेनका, भरोसेल, जोन्सन एण्ड जोन्सन, मोडर्ना, फाइजर खोप प्रयोगमा ल्याइएको छ । विगत दुई वर्षदेखि कोभिड–१९ सङ्क्रमण विश्वव्यापी चुनौती बन्दै गरेको उल्लेख गर्दै उनले सरकारले सबै उपाय अवलम्बन गरेर नागरिकको जीवनरक्षा गर्ने उपाय गरिरहेको बताएका छन् ।

आजसम्ममा १२ वर्ष माथिमा सबैका लागि खोप अभियान सुरु गरिसकिएको भन्दै उनले नेपालमा चार करोड २० लाख ८९ हजार ५४० मावा खोप विभिन्न विधिबाट प्राप्त भएको र तिमध्ये तीन करोड छ हजार चार हजार १५२ मात्रा प्रयोग भइसकेका छ । अठार वर्ष माथिका लक्षित जनसङ्ख्याको ७० प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा र ८३ प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन् ।

बाह्र वर्षदेखि १७ वर्षका १८ लाख ७२ हजार ६७० जना बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २१८ बालबालिकाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने पेशाका झण्डै तीन लाखलाई अतिरिक्त मात्रा खाप लगाइसकिएको छ ।

मन्त्री खतिवडाले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको उल्लेख गर्दै अझै धेरै जनालाई खोप लगाउन बाँकी रहेकाले खोप अभियानलाई तीव्रताका साथ अगाडि बढाउन र बाँकी उमेर समूहलाई खोपको व्यवस्थापन गर्नुपर्ने रहेको बताए ।

खोप तथा खोपजन्य सामग्रीको विश्वव्यापी चुनौतीका बीच खोप अभियानलाई सुचारु गर्न केन्द्र, प्रदेश, स्थानीय तहको सहयोग र सहजीकरण गर्नुहुने सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घ, संस्था, निकाय, जनप्रतिनिधि, खोप व्यवस्थापन तथा समन्वयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलगायत सबैमा मन्त्री खतिवडाले हार्दिक आभार प्रकट गर्न भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल

जंगलमा डढेलो लगाएको आरोपमा ओखलढुंगामा दुई युवक पक्राउ

ओखलढुंगा । वनमा आगो लगाएको अभियोगमा ओखलढुंगाबाट दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका-११