सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले समन्वय गर्ने



बाँके । सीमामा हुने अपराध नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा अधिकारीले एकआपसमा समन्वय गरेर अघि बढ्ने भएका छन् । नेपालगञ्जमा बुधबार सम्पन्न नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीको बैठकले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न दुवै देशले समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागुऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रण गर्न सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार बैठकमा हातहतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागुऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा छलफल भएको छ ।

भारतीय अधिकारीले उत्तर प्रदेशमा उपनिर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुनसक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालका तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका प्रहरी उपरीक्षकको सहभागिता रहेको थियो ।

भारतमा सहजरूपमा कारोबार हुँदा लागुऔषध नेपालमा सहजै भित्रिएको भन्दै त्यसमा कडाइ गरिदिन भारतीय सुरक्षा अधिकारीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआइजीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०