देउवा अब झन् अराजक हुन्छन्ः गोविन्दराज जोशी(अन्तरवार्ता)
काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले कांग्रेस सभापतिमा शेरबहादुर देउवाको विजयलाई विगतको कांग्रेस प्रजातान्त्रिकको विजयको रुपमा चित्रण गरेका छन् ।
न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै जोशीले कांग्रेसको १४ औं महाधिवेशनले विपीको विचार अन्त्य गरी शेरबहादुरको विचारधारालाई अगाडि बढाएको स्पष्ट भएको बताएका हुन् ।
जोशीले महाधिवेशनपछि सभापति देउवा झन् शक्तिशाली बनेको र उनी अझै अराजक हुने आरोप लगाए । जोशीले सभापति देउवा आफ्नै पालामा आफ्ना सच्चा उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्न खोज्ने र त्यसबेला इतर समूहको चित्त नबुझ्ने र कांग्रेसमा विवाद सुरु हुने बताए ।