प्रदेश दुईमा खोप भण्डारण गृह स्थापना



जनकपुरधाम । प्रदेश दुईमा खोप भण्डारणको अभावका कारण प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए ।

चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ । त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ । प्रदेश २ मा खोप भण्डारणको अभावका कारण प्रदेश एकको विराटनगर तथा बागमती प्रदेशको हेटौँडाबाट खोप मगाएर काम गर्दा समस्या आइरहेको बेलामा प्रदेश २ को राजधानी जनकपुरधाममा नै खोप भण्डारण गृह सञ्चालनमा आएपछि खोपको अभाव नहुने डा यादवले बताए ।

यसअघि खोपको समयमा आपूर्ति नभएका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको थियो । निकट भविष्यमा नै थप दुईवटा युनिट निर्माण गरेपछि खोप भण्डारण गृहको क्षमतामा वृद्धि हुने भएको छ । युनिट थप भएपछि क्षमतामा निकै वृद्धि भएर अन्य प्रदेशमा पनि पठाउन सकिनेछ ।

खोपका लागि उचित तापक्रम नभएको खण्डमा खोपको प्रभाव कम भएर कतिपय अवस्थामा खोप काम नगर्ने अवस्था आउने भएकाले खोप भण्डारण गृहको निर्माण निकै महत्वपूर्ण भएको बालरोग विशेषज्ञसमेत रहनुभएका डा यादवले जानकारी दिए ।

नियमितरूपमा बालबालिकाका लागि प्रदान गर्ने दादुरा रुवेला, बिसीजी, डिपीटी, पोलियो, एफआइपिभी, विसिभी, रोटाजस्ता खोपसहित एन्टिस्नेक भेनमसहित खोपहरू भण्डारणका लागि उपयोगी भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिए । प्रदेशको मध्यभागमा भण्डारगृह भएकाले आपूर्तिमा सहजता हुने उनले बताए ।

अहिले नवनिर्मित प्रदेश खोप भण्डारणगृहमा कोरोनाविरुद्धको मोडर्ना खोपका चार लाख ४७ हजार डोज भण्डारण गरेर राखिएको छ । खोप भण्डारणगृह निर्माण भएपछि पालिकाको वडासम्म सञ्चालन हुने नियमित खोप कार्यक्रमलाई ठूलो मद्दत पुग्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका

अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल

जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …

काठमाडौं ।  विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक

खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ ।