कोभ्याक्स सुविधामार्फत जर्मनीद्वारा नेपाललाई ४१ लाख डोज खोप प्रदान
काठमाडौं । जर्मनीले नेपाललाई कोभिडविरुद्धको ४१ लाख डोज खोप प्रदान गरेको छ । बिहीबार नेपालका लागि जर्मन राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।
यो खोप नेपालले कोभ्यास सुविधामार्फत प्राप्त गरेको हो । मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदैछ ।
Germany handed over more than 4.1 million doses of Covid-19 vaccines under #COVAX to Hon. Minister Birodh Khatiwada, @mohpnep, this morning.
Nepal remains grateful to the Gov and people of Germany for their continued cooperation in our fight against the pandemic.@PaudyalBR pic.twitter.com/mQwfxf1VdB
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) December 16, 2021