कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्न महानिरीक्षक क्षेत्रीको निर्देशन



चितवन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुलाई आफ्नो व्यवहारमा नम्रता देखाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिमका प्रशिक्षार्थीलाई सम्बोधन गर्दै महानिरीक्षक क्षेत्रीले आफ्नो आचरणमा सुधार गर्न तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताएका हुन् ।

शिक्षालयमा संचालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेशा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै क्षेत्रीले नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिए ।

महानिरीक्षक क्षेत्रीले कर्तव्यपालनाको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरुलाई पेशागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताए । प्रत्येक प्रहरी कर्मचारीहरुले पारिवारिक जीवन र पेशागत जीवनमा सामञ्जस्यता मिलाई प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै महानिरीक्षक थापा क्षेत्रीले भने, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारवाहीमा पारदर्शी भई शून्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनको नीति विपरित काम गर्ने जो कोही कारवाहीको भागिदार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्