प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा  भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदैछन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको  निमन्त्रणामा प्रधानसेनापति शर्मा कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् ।

महारथी शर्मालाई सेनाको एक टुकडीले  भ्रमणका लागि सोमबारै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।

उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ । नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्