प्रहरी उपरीक्षक मल्ललाई ११ औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड प्रदान गरिने



काठमाडौं । ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघ संगठन स्थिरीकरण मिसनमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाइरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक मल्ललाई उक्त अवार्ड प्रदान गर्ने घोषणा गरिएको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको छ ।

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ का अवसरमा ९ नोभेम्बर (कात्तिक २३) मा प्रदान गरिने छ । प्रहरी उपरीक्षक मल्लले मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड–१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छन् ।

महामारीमा मोनुस्कोमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भई उनले काम गरिरहेकी थिइन् । वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्