प्रकाश र मिनाको समूहलाई’दोहोरी च्याम्पियन’को उपाधि



काठमाडौं । नेपाल टेलिभिजनको प्रस्तुती रहेको लोकदोहोरो कार्यक्रम ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहले जितेको छ ।

शनिबार साँझ पोखरामा भएको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई पछि पार्दै प्रकाश र मीनाको समूहले उपाधि हात पारेको हो । बालचन्द्र बराल र शोभा कार्कीको समूहले दोस्रो स्थान हात पारेको छ ।

उपाधिसँगै प्रकाश र मीनाको समूहले ट्रफी, २० लाख रुपैयाँ नगद र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले ट्रफी, १० लाख रुपैयासँगै तथा ५० लाख बराबर रुपैयाँको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै सविन आचार्य र रीता रावतको समूहले तृतीय स्थान हासिल गरेको छ ।

त्यस्तै राजेन्द्र र मीनाको समूह सान्त्वना भएको छ । तृतीय र सान्त्वना समूहले क्रमशः तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गरेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको हातबाट पुरस्कार वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना