बेरुजु रकम ४ खर्ब १९ अर्ब पुग्यो(प्रतिवेदनसहित)



काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा मात्रै एक खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेको ५८औँ वार्षिक प्रतिवेदनकाअनुसार अहिलेसम्म बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु थियो। पछिल्लो समय १ दशमलव ८१ प्रतिशले बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेतको ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

जसमध्ये ३ हजार ७९ संघीय सरकारी निकाय र कार्यलयको १५ खर्ब ५५ अर्ब ८१ करोड लेखापरीक्षणबाट ४४ अर्ब ३९ करोड अर्थात् २.८६ प्रतिशत बेरुजु देखिएको छ ।

यस्तै, प्रदेशतर्फ एक हजार १९ कार्यालयको २ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५० करोड अर्थात् २.७४ प्रतिशत, ५८४ समिति तथा अन्य संस्थाको एक खर्ब ६३ अर्ब ५७ करोडको लेखापरीक्षणबाट १२ करोड ६६ लाख अर्थात् ७.७४ प्रतिशत र ५ बक्यौतासमेत ६९९ स्थानीय तहको ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट ४० अर्ब ८३ करोड अर्थात् ५ प्रतिशत बेरुजु देखिएको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा

मान्म । कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका-३ फोइमहादेव गाउँमा रहेको छ