प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि विकल्प



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर कक्षा १२ को कक्षा संचालन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

कक्षा १२ को परीक्षा स्थगित गरिएको सन्दर्भमा सोमबार सामाजिक संजालमार्फत थापाले कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालन गरी परीक्षा संचालन गर्न कि वैकल्पिक माध्यमबाट परीक्षा संचालन गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो ।’ कोरोना संक्रमण बढेको भन्दै साउन ३१ गतेदेखि संचालन हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हेलो रोबोट! तिम्रो नाम के हो ?

मधु शाही, काठमाडौं । हेलो रोबोट! तिम्रो नाम के हो? न्युटन स्कुलका रिपेक्स

कांग्रेसले टुंग्यायो आठ जिल्लामा उपनिर्वाचनका उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी

उर्जाराज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा परेको विषयमा राज्य व्यवस्था समितिमा र्‍याखर्‍याख्ती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता तथा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु । रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा परेका छन्