व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिएका छन् । उनले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् ।

सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उनको जोड थियो ।

प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा शुक्रबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्समार्फत् सातै प्रदेशका प्रहरी प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिए । वार्षिक कार्यसम्पादन सम्झौता अनुरूप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको बताए ।

गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरूप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले