खम्मबहादुर खाती महान्यायाधिवक्ता नियुक्त
काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुराका अधिवक्ता खातीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन् ।