कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा



काठमाडौं । अन्तर्राष्ट्रिय पेय पदार्थ ब्रान्ड कोकाकोलाले आफ्नो नयाँ उपाध्यक्ष नियुक्त गरेको छ । कोकाकोलाले बिहीबार देवयानी राज्यलक्ष्मी राणालाई भारत र दक्षिण पश्चिम एसियाका लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपनको उपाध्यक्ष नियुक्त गरेको हो ।

राणा राप्रपा अध्यक्ष मण्डलका नेता पशुपति शमशेर जबराकी छोरी हुन् । उनी कोकाकोला कम्पनीको उद्देश्यहरु प्राप्त गर्नका लागि यस क्षेत्रमा यसको नेतृत्व समूहसँग आवद्ध भएकी हुन् ।

राणासँग सरकार र कर्पोरेट मामिला, रणनीतिक व्यवसाय वकालत, जोखिम व्यवस्थापन, सञ्चार, सीआरएस र दिगोपनमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । पछिल्लो साढे दुई दशकको अवधिमा उनले थुप्रै सरोकारवालाहरुसँग सहकार्य गरि दिगो विकासका कार्यक्रमहरु स्थापना गर्न लागि परिरहेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको

नेप्सेमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा गिरावट आएको छ ।

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम

सिरहा। जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन

बार एसोसिएसनले भन्यो-त्रिपाठीमाथि आक्रमण गर्नेलाई अबिलम्ब कानूनी दायरामा ल्याइयोस्

काठमाडौं । नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि जिल्ला अदालत काठमाडौं परिसरमा