चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज भेरोसेल काठमाडौं आइपुग्यो
काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराएको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ । खोप लिन बेइजिङ गएको नेपाल वायुसेवा निगमको विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन संवादमा चीनका राष्ट्रपति सी चिनफिङले १० लाख डोज खोप उपलब्ध गराउने जनाएका थिए । बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने छ । चीनले यसअघि पनि ८ लाख डोज खोप उपलब्ध गराएको थियो।