कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन
काठमाडौं । कोरोना संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । केसीको गएराति नेपाल प्रहरी अस्पतालमा निधन भएको हो ।
काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । केसी प्रहरी संगठनमा इमान्दार र दक्ष अधिकृतको रुपमा परिचित थिए ।