गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप १५ जनाको मृत्यु भएको छ । कास्की, मुस्ताङ, नवलपरासी, बागलुङ, तनहुँ, पर्वत, स्याङ्जा र गुल्मीमा गरी थप १५ जनाको मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।