आइसीयू र अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले १० करोड लगानी गर्ने



काडमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ ।

नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गर्दै फाउनडेसनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने जनाएको छ । साथै वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच अक्सिजन प्लान्ट र आईसीयू वार्ड स्थापनाको सम्झौतामा हस्ताक्षर हुनेछ।’ यस्तै फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । त्यसका लागि दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको समेत फउन्डेसनले जनाएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा हुनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन सकिन्छ ।

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाका लागि आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने उल्लेख छ । अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात फाउन्डेसनको टिम खटिरहेको केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण हुने विश्वास लिएको फान्डेसनको जनाएको छ ।

यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ती कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण हुनेछन् । आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान रहेको फउन्डेसनको जनाएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष औद्येगिक घराना चौधरी ग्रुपका प्रमुख विनोध चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद