एकैदिन ८० आरोहीद्वारा सगरमाथाको सफल आरोहण



सोलुखुम्बु । बहराइनका राजपरिवारसहित मंगलबार एकैदिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार मंगलबार बिहान ६ः४० बजेको समयमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफा सहितको टोली सगरमाथाको शिखरमा पुग्न सफल भएको हो ।

“खलिफासहित टोलीका १६ मध्ये १२ सहित अन्य करिब ८० जना सगरमाथाको शिखर पुग्नुभएको छ”, आधारशिविरमा रहेकी विभागका निर्देशक आचार्यले टेलिफोन सम्पर्कमा भनिन्, “आरोहण टोलीसँग राम्रो टेलिफोन सम्पर्क हुन सकिरहेको छैन त्यसैले यो सङ्ख्यामा थपघट हुन सक्छ ।”

स्वदेशी तथा विदेशी आरोहीले मंगलबार बिहान ५ बजेदेखि सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएको उनको भनाई छ । “१३ मे सम्मको मौसम आरोहणका लागि अनुकुल देखिन्छ”, अधिकृत आचार्यले भनिन्, “त्यसबेलासम्म करिब २०० आरोहीले सगरमाथा आरोहण गर्ने अनुमान छ ।”

वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि शुरु भएको थियो । कीर्तिमानी आरोही कामीरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण शुरु भएको विभागले जनाएको छ । त्यस पछि यो यामको दोस्रो आरोहण आज भएको हो ।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४०८ जनाले आरोहण अनुमती लिएका छन् । अधिकांश आरोही अहिले आधारशिविर पुगिसेका छन् भने ती मध्ये पनि धेरै आरोही क्याम्प एक, दुई हुँदै तीनसम्म पुगेर आरोहणका लागि अनुकुल मौसमको पखाइमा रहेका आधारशिविरबाट पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा