‘मेरोकित्ता’ डिजिटल नक्सा प्रणालीको शुभारम्भ



काठमाडौं । सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरे । अब ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको बताए । उनले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको सुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने उल्लेख गरे ।

‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो। यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ ।’ प्रधानमन्त्री ओलीले लेस फेस, लेस पेपर, क्यास लेसको अभियानमा सरकार लागि परेको समेत स्पष्ट पारे ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले मालपोत र नापीमा हुने बेथिति रोक्न ‘मेरो कित्ता’ अनलाइन प्रणाली सुरुवात गरिएको बताइन् । जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि उनले बताइन् । उनले कार्यालयमा हुने ढिलासुस्ती र बेथितीलाई रोक्न यो कार्यक्रम ल्याइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास