नेपालमा पहिलोपटक ‘मिस कर्पोरेट’ आयोजना हुने



काठमाडौं । नेपालमा नै पहिलोपटक मिस कर्पोरेट नेपाल आयोजना हुने भएको छ । कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगितामा नेपालभरका कर्पोरेट संस्थामा कार्यरत २१ बर्षदेखि २८ वर्षसम्मका महिलाले सहभागिता जनाउन पाउने आयोजक अनुजा मिडियाका संरक्षक रजत श्रेष्ठले जानकारी दिए ।

प्रतियोगीहरुलाई विभिन्न विशेषज्ञहरुबाट तालिम प्रदान गरिनेछ । प्रतियोगिताको फिनाले आगामी असारमा हुने बताइएको छ । प्रतियोगिताले कर्पोरेट संस्थामा काम गर्ने महिलाहरुको नेतृत्व विकास हुने आयोजकले अपेक्षा राखेको छ । विजेताहरुलाई नगदका साथै विदेश भ्रमणलगायत विभिन्न अवसर प्रदान गरिने अनुजा मिडियाका फाउण्डर प्रेसिडेन्ट अनुजा आचार्यले बताइन् । कार्यक्रममा विभिन्न क्षेत्रमा याेगदान पुर्याउनुहुने विशिष्ट व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा