नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरमा सुरु हुँदैछ । दुई दिने भेलामा सहभागी हुन जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल पक्षले त्यसको विरोध गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । नेपाल पक्षले भेला बोलाएपछि त्यसलाई रोक्न भन्दै ओलीले नेपाल पक्षसँग वार्ता गरेका थिए । तर ओली आफूले गरेका निर्णय फिर्ता नलिने तर भेला भने रोक्न आग्रह गरेपछि नेपाल पक्ष झनै असन्तुष्ट बनेको छ ।

त्यस्तै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसिएपछि नेपाल पक्षले समानान्तर कमिटीसमेत बनाएको छ । नेपाल पक्षले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले अनुदानको आशा नराखी कृषि उपज बिक्री

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

खजुरा (बाँके) । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ

घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर ।  मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ। सरकारको घुम्नैपर्ने एक

कालीगण्डकी लोकमार्गको फलेवास–अर्मादी सडकको बजेट सुनिश्चित

पर्वत । निर्माणाधीन उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी