२०७५ जेठ २ अघिको अवस्थाका आधारमा अगाडि बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छः रामकुमारी झाँक्री



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना नदेखिएको बताएकी छन् । सोमबार राति सामाजिक संजाल फेसबुकमार्फत नेृत झाँक्रीले आजको संवादलाई सकारात्मक मानिएपनि एमाले एउटै हुने सम्भावना भने नदेखिएको बताएकी हुन् ।

उनले एमाले एक हुन २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्ने बताएकी छन्। उनले लेखेकी छन्, ‘आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन । षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो । तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ । नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो । त्यसले भनेको छ– नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अबस्था हो। त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शून्य मान्नुपर्दछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा

अध्यादेशका विषयवस्तु प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका

भूमी व्यवस्थासम्बन्धी अध्यादेश चाँडै जारी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको बताएका

विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

  काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने